माधव–झलनाथ पक्षको बैठक बस्दै, आउला त राजीनामा ?


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख २७ २०७८
3.4K
SHARES

२७ वैशाख, काठमाडौ । अहिले नेकपा(एमाले) माधव नेपाल–झलनाथ खनाल निकट सांसदहरुको बैठक बस्दैछ ।

संघीय संसद सचिवालय सिंहदरबारमा बिहान साढे नौ बजे बस्ने बैठकमा सोमबार संघीय संसदमा हुने विश्वासको मत र पार्टी एकताको लागि दिएको समयसीमाको विषयमा छलफल हुँदैछ ।

प्रतिनिधि सभाको बैठकअघि माधव झलनाथ पक्षका केही सांसदहरुले राजीनामा दिने/नदिने विषयमा छलफल हुने स्रोतले जनाएको छ ।