अब विद्रोह गर्छौं, आत्मसमर्पण गर्दैनौं – नेता भुसाल


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख २९ २०७८
11.5K
SHARES

२९ वैशाख काठमाडौं।आज  नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले केपी ओलीसँग आत्मसमर्पण नगर्ने संकेत गरेका छन्।भुसालले अध्यक्ष ओलीसँग आत्मसमर्पण नगर्ने संकेत गर्दै झलनाथ खनाल र माधव नेपाललाई गाली गरेर नेकपा एमालेलाई विभाजित गर्न लागिएको टिप्पणी गरेका छन्।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाट्स लेख्दै भुसालले नेपालमा संविधान जारी हुँदा असफल भएका र प्रतिनिधिसभा पुनःस्थापना हुँदा दोस्रो पटक असफल भएका शक्तिहरुले चुनावको नाममा फेरि प्रतिनिधिसभा बिघटन गराएर आफूहरूसँग बदला लिन खोजेको आरोप लगाएका छन्। भुसालले नाम नलिई विदेशी शक्तिले प्रतिनिधिसभा विघटनको बाटोमा लैजान खोजेको संकेत गरेका छन्।

भुसालले फेसबुकमा लेखेका छन्, ‘हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो। आज झलनाथ–माधवलाई गाली गरेर बाँकी रहको एमालेलाई विभाजित गरिँदैछ ।..विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ। तर, आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ।’

Capture