सांसद पदबाट हामीले राजीनामा दिनुपर्छ – नेता रावल


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख २९ २०७८
4.5K
SHARES

२९ वैशाख काठमाडै । आज नेकपा एमालेका नेता भीम रावलले राजीनामा दिएर जानुपर्ने बताएका छन ।

अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विधानविपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट रोक्न पदमुक्त गर्नुपर्ने आवश्यकता रहेको पनि उनले उल्लेख गरेका छन्।

असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ।

राष्ट्रिय हित, पार्टी विधानविपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रधानमन्त्री केपी ओलीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ,’ बुधबार ट्वीट गर्दै उनले भनेका छन्, ‘त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ। यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ।’