ओलीका यी विश्वासपात्र नेपाल निवासमा


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख ३० २०७८
3.7K
SHARES

३० वैशाख काठमाडौं ।अहिले यतिबेला नयाँ सरकार गठनको रस्साकस्सी चलिरहेको छ । यसबीच राजनीतिक दलका शीर्ष नेताहरुको भेटघाट बाक्लिएको छ ।

यसैक्रममा ओलीका विश्वापात्र विष्णु पौडेल एकाविहानै नेपाल निवास पुगेका छन् । पौडेलमार्फत ओलीले नेपाल समूहलाई फकाउने प्रयास गरेका छन् ।

नेपाल-पौडेलको भेटमा बरिष्ठ नेता नेपालले पार्टीलाई पुरानो अवस्थामा नफर्काएसम्म ओलीको सती जान नसकिने प्रतिक्रिया दिएका थिए । यसबीच अध्यक्ष ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् ।