यस्तो सहमति गर्दै प्रधानमन्त्री ओली र नेता नेपालबीच बैठक सम्पन्न


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख ३० २०७८
4.3K
SHARES

३० वैशाख काठमाडौ ।अब नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्तापछि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले तत्कालका लागि आफूहरूको राजीनामा टरेको बताएका छन् । उनले भने, ‘राजीनामा दुई/चार दिनलाई टर्‍यो, कार्यदल बन्छ ।’

अध्यक्ष ओलीसँग झण्डै चार घण्टा छलफल गरेपछि नेता माधवकुमार नेपालले राजीनामाको कुरा केही दिनलाई टरेको बताएका हुन् । ‘हामी दुईजना बीच कुराकानी हुँदा पार्टी भित्रकै विषयमा छलफल भए । छलफलमा फागुन २८ को निर्णय फिर्ता गर्ने र सर्वोच्चको फैसलाअनुसार जेठ २ गतेको अवस्थामा फर्कने बारेमा कुरा भएको छ । छलफल जारी छ’ नेता नेपालको भनाई छ ।