नेपाल पक्षसँग जेठ २ मा फर्कन कुनै सहमति भएको छैन – नेता भट्टराई


Capital Headline
प्रकाशित मिति : शनिबार, जेष्ठ १ २०७८
14.9K
SHARES

१ जेठ काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले माधवकुमार नेपाल पक्ष एमालेमा फर्कने भनेर रियलाईजेशन गरेकोले सहमति भएको बताएका छन्।

भट्टराईले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली माधव नेपालसँगको सहमति गर्दा ब्याक भएको भन्न नमिल्ने बताए।

हिजो प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा अन्तर्वार्ता दिँदै भट्टराईले यस्तो बताएका हुन्।

नेपाल पक्षसँग ०७५ जेठ २ गते फर्कने भनेर सहमति नभएको भट्टराईले दावी गरे। त्यस्तै, फागुण २८ गतेको निर्णय र त्यसपछिका बैठकका निर्णयपनि कुनैपनि हालतमा फिर्ता नहुने उनले बताए।