राप्रपाले बादललाई सहयोग गर्ने


Capital Headline
प्रकाशित मिति : शनिबार, जेष्ठ १ २०७८
5.4K
SHARES

१ जेठ काठमाडौं। राप्रपाले राष्ट्रियसभा उपचुनावमा नेकपा एमालेका उम्मेदवारलाई समर्थन गर्ने जनाएको छ। यद्यपि यस विषयमा औपचारिक निर्णय भने भई नसकेको बताइएको छ। बागमती प्रदेशतर्फको राष्ट्रियसभा सदस्यका लागि यही ६ गते उपचुनाव हुँदैछ।

राष्ट्रियसभा उपचुनावमा एमालेका तर्फबाट रामबहादुर थापा ‘बादल’ उम्मेदवार छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा उपचुनावमा आफ्ना उम्मेदवारलाई सहयोग गर्न राप्रपाका अध्यक्ष कमल थापालाई आग्रह गरेका थिए।

यसबारेमा थापाले शीर्ष नेताहरुबीच शनिवार भएको छलफलमा जानकारी गराएका छन्। यदि एमालेले औपचारिक रूपमा पत्र पठाएर सहयोग मागे बादललाई मत दिने सहमति भएको राप्रपाका एक नेताले जानकारी दिए।

उनले भने, ‘औपचारिक निर्णय त भएको छैन। तर महामारीका कारण फेरि बैठक बस्न सम्भव नहुने भएकाले एमालेले औपचारिक आग्रह गरे भोट दिने सहमति भएको छ।’ एमालेबाट बादल तथा विपक्षी गठबन्धनको तर्फबाट डा. खिमलाल देवकोटा उम्मेदवार छन्।