देवकोटा हाम्रो उम्मेद्वार होइनन् – नेता पाण्डे


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ २ २०७८
38.9K
SHARES

२ जेठ काठमाडौं।एमालेका नेता सुरेन्द्र पाण्डेले राष्ट्रियसभा उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा विरुद्ध उम्मेद्वारी दिएका खिमलाल देवकोटा आफूहरुको उम्मेद्वार नभएको बताएका छन्।

एक अन्तरवार्तामा कुरा गर्दै नेता पाण्डेले भने, ‘उहाँ (खिमलाल देवकोटा) हाम्रो उम्मेद्वार भन्दा पनि माओवादी केन्द्र प्रस्तावक र नेपाली कांग्रेस समर्थक छ।

केही मानिसलाई हाम्रो पनि समर्थन हुन्छ कि भन्ने लागेको होला। तर त्यसमा हाम्रो प्रत्यक्ष संलग्नता केही पनि छैन।’