जेठ २ मा फर्कन सकिदैन , फर्कन सम्भव पनि छैन – नेता थापा
२ जेठ काठमाडौं । अहिले विभाजनउन्मुख बनेको नेकपा (एमाले) विवाद समाधानको दिशातिर अघि बढेको छ ।
सहमतिको प्रस्थानविन्दु केलाई मान्ने भनेर एमालेभित्र बहस भइरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जेठ २ मा फर्कनु ‘प्रतिगमन’ भएको बताएका छन्
उनले सामाजिक सञ्जालमा लेखेका छन्, “२०७८ साल जेठ २ गते पूरा तीन वर्ष बित्यो ! प्राप्त सुझाव– पछाडि फर्किनु त प्रतिगमन हुन्छ ! नो वे !”
हिजोतिर फर्र्किएर आजका समस्या निरूपण गर्न कठिन हुन्छ ।उनले जेठ २ मा फर्कन सम्भव नै नभएको तर्क गर्छन् ।