यस्तो निर्णय गर्दै जसपा बैठक सम्पन्न


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ ४ २०७८
4.1K
SHARES

४ जेठ काठमाडौं।आज जनता समाजवादी पार्टी (जसपा)ले प्रतिपक्षीमै रहने निर्णय गरेको छ। जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार एक वक्तव्य जारी गरेर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी नहुने प्रष्ट पारेका छन्।

राष्ट्रिय सहमतिको सकारको नेतृत्व गर्ने अवसर पाएमा भने दाबी गर्ने उनीहरूले बताएका छन्।

‘पार्टी सरकारमा सहभागी हुने र नहुने सम्बन्धमा व्यापक तर्क र वितर्क एवम अड्कलबाजी भइरहेका छन्। तत्काल हाम्रो पार्टी सरकारमा सहभागी हुने छैन। जसपा सरकारमा सहभागी नभइ प्रतिपक्षमै रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत छ,’ विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुने अवस्थामा सरकार गठन गनृ अगाडि बढ्न सकिने छ।’

आठ बुँदे पत्रमा पार्टीभित्र देखिएको समस्यालाई विधान अन्तर्गत नै रहेर समाधान खोजिने र पार्टीलाई एकताबद्ध बनाएर लैजाने उल्लेख छ। पार्टीविरुद्धका गतिविधि र अभिव्यक्तिहरु सबै बन्द गर्न अनुरोध गरेको छ। जसपाभित्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने पक्षमा मत बाझिएको थियो। ठाकुर पक्षका १५ सांसद तटस्थ बसेका थिए भने यादव पक्षले विश्वासको मतको विपक्षमा मत दिएको थियो।