जसपा निर्णय : ओली सरकारमा नजाने, आफैं नेतृत्वमा सरकार बनाउने
४ जेठ काठमाडौ ।आज जनता समाजवादी पार्टी (जसपा)ले तत्काल सरकारमा नजाने बताएको छ। जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले विज्ञप्ति जारी गर्दै तत्काल सरकार नजाने घोषणा गरेका हुन्।आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने वा राष्ट्रिय सहमतिको सरकार बन्ने भएमा मात्र अघि बढ्ने उनीहरुले बताएका छन्।
तत्काल हाम्रो पार्टी सरकारमा सहभागी हुने छैन। जनता समाजवादी पार्टी, नेपाल सरकारमा सहभागी नभई प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत कायम रहने छ’, विज्ञप्तिमा भनिएको छ, ‘तर राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृतवमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिने छ।’