गृहमन्त्री बादललाई नेपालको समर्थन
४ जेठ काठमाडौ ।आज एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’बीच आज नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको छ । भेटवार्ता पार्टीको आन्तरिक विषय र यहि जेठ ६ गते हुने राष्ट्रियसभाको उप निर्वाचनको विषयमा केन्द्रित रहेको गृहमन्त्रीको प्रेस संयोजक किरण भट्टराईले जानकारी दिएका छन ।
प्रेस संयोजक भट्टराईका अनुसार भेटमा नेता नेपालले राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवार रहेका गृहमन्त्री बादललाई आफ्नो पूर्ण सहयोग रहने बताएका छन् । आज नेपाल र बादलबीचको भेट सकारात्मक रहेको उनको भनाई छ ।
नेता नेपाललाई भेट्न गृहमन्त्री ‘बादल’ कोटेश्वर पुगेका थिए । बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उप निर्वाचनमा एमालेले थापा र विपक्षी गठबन्धन दुवैबाट डा। खिमलाल देवकोटा उम्मेदवार बनेका छन् । थापाको चुनाव चिन्ह सूर्य रहेको छ भने देवकोटाको कमल रहेको छ ।
नेकपा एमालेभित्र विवाद भएका बेला नेता माधव नेपालको समेत समर्थन रहने विश्वासका साथ देवकोटालाई उम्मेदवार बनाएपनि अहिले एमाले मिलनबिन्दुतिर गएपछि माधव पक्षका मतदाता अन्योलमा परेको बुझिन्छ ।