बादललाई समर्थन छैन – नेपालको सचिवालय


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ ४ २०७८
7.5K
SHARES

४ जेठ काठमाडौं । आज एमालेका नेता माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनमा एमाले उम्मेदवार रामबहादुर थापा बादललाई सघाउने वचन नदिएको नेपालको सचिवालयले प्रष्ट पारेको छ ।

नेपालका स्वकीय सचिव मोहन गौतमले मंगलबार साँझ वक्तव्य जारी गर्दै मतदातालाई स्वविवेक प्रयोग गर्न दिने कुरामा सहमति भए पनि बादललाई समर्थन नजनाएको बताएका छन् ।