बादललाई भोट नदिए क्षम्य हुदैन – प्रधानमन्त्री ओली
५ जेठ काठमाडौं।आज प्रधानमन्त्री केपी ओलीले निर्वाचन आचारसंहिता उल्लंघन हुनेगरी मत मागेका छन्। वाग्मती प्रदेशअन्तर्गत राष्ट्रिय सभाको रिक्त एक पदका लागि बिहीबार जेठ ६ गते हुन लागेको निर्वाचनमा पदीय दुरुपयोग हुने गरी प्रधानमन्त्री ओलीले एमालेका उम्मेदवार रामबहादुर थापालाई मत मागेका हुन्।
उपनिर्वाचनको मौन अवधि सोमबार राति १२ बजेबाट लागू भइसकेको समयमा बुधबार दिउँसो विज्ञप्ति निकालेरै प्रधानमन्त्री ओलीले गृहमन्त्रीसमेत रहेका थापालाई मत हाल्न पार्टी पंक्तिलाई आदेश दिएका हुन्।
त्यतिमात्र होइन थापालाई मत नदिए कार्वाही गर्ने धम्कीसमेत प्रधानमन्त्री ओलीले मतदातालाई दिएका छन्। मौन अवधिमा सामाजिक सञ्जालमार्फत् मत माग्न र समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नपाइने निर्वाचन आयोगको आचारसंहितामा उल्लेख गरिएको छ।
बिहीबार हुने उपनिर्वाचनमा विपक्षी गठबन्धनले भने एमाले पृष्ठभूमिकै संघीयता विज्ञ डा. खिमलाल देवकोटालाई उमेदवार बनाएको छ। देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेको खनाल–नेपाल समूहले उम्मेदवार बनाएको हो।
तर, अहिले एमालेमा ओली र नेपालबीचको विवाद मिलाउने भन्दै पहल भइरहेका समयमा खनाल–नेपाल पक्षले देवकोटालाई मत देलान् भन्ने आशंकाका साथ प्रधानमन्त्री ओलीले चेतावनीपूर्वक मत मागेका हुन्।
ओलीको अपिल
