मलाई माओवादीले पनि भोट हाल्छन् – बादल
५ जेठ हेटौंडा। आज राष्ट्रियसभा सदस्य पदका उम्मेदवार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेकपा एमालेको आधिकारिक उम्मेदवार आफू भएकाले जित सुनिश्चित रहेको बताएका छन्।
हेटौंडामा बागमती प्रदेशतर्फको रिक्त राष्ट्रियसभा सदस्य पदका लागि हुने उपनिर्वाचनमा थापालाई एमालेले उम्मेदवार बनाएको छ।
म एमालेको आधिकारिक उम्मेदवार हुँ। एमालेको सबै भोट मलाई आउँछ। मेरो जित सुनिश्चित छ,’ थापाले भने। थापासँगै प्रतिस्पर्धामा नेकपा एमालेकै माधव नेपाल पक्षका डा. खिमलाल देवकोटा पनि छन्।
कांग्रेस र माओवादीको आधिकारिक उम्मेदवार छैन। साझा उम्मेदवार भएकाले कांग्रेस र माओवादीभित्रै पनि विवाद छ। त्यहाँबाट पनि मलाई मत आउने निश्चित छ, थापाले भने।