बादलले चुनाब हारेपछि बाँस्कोटाको यस्तो प्रतिक्रिया
६ जेठ काठमाडौ । आज पूर्वमन्त्री एवम् एमाले नेता गोकुल बाँस्कोटाले रामबहादुर थापा राष्ट्रिय सभाको उपनिर्वाचनमा पराजित भएपछि दूध खुवाएर पालेका साँपले डसेको प्रतिक्रिया दिएका छन्।बाँस्कोटाले समयको अन्त्य नभएर यो सुरुवात मात्र भएकोसमेत उल्लेख गरेका छन्।
राष्ट्रियसभा निर्वाचनमा गृहमन्त्रीसमेत रहेका थापा उम्मेदवार बनेका थिए। उनलाई स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटाले पराजित गरेपछि बाँस्कोटाको यो प्रतिक्रिया आएको हो।
‘दुध खुवाएर पालेका साँपले डसेका हुन्’, थापालाई चुनाव जिताउन हेटौंडासम्मै पुगेका बाँस्कोटाले ट्वीटरमा लेखेका छन्, ‘विक्षीसँग कुनै गुनासो छैन,समयको अन्त्य हैन नयाँ सुरुआत मात्र।’