संसद विघटनपछि नेता शर्माले प्रधानमन्त्रीलाई यस्तो चेतावनी


Capital Headline
प्रकाशित मिति : शनिबार, जेष्ठ ८ २०७८
3K
SHARES

८ जेठ काठमाडौ । आज नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री र राष्ट्रपतिलाई महाव्याधी कोरोना भाइरसको महामारीका बेला घोषणा गरिएको मध्यावधी चुनाव महंगो पर्ने चेतावती दिएका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन”बुझी राख्नु राष्ट्रपति महोदय र कमरेड प्रधानमन्त्री जी, महाव्याधीका बेला मध्यावधीको रंगीन सपना महंगो पर्नेछ ! संविधानको सामूहिक बलात्कारको दुश्परिणाम महंगो पर्नेछ । सरकार बनाउन नसकेपछि प्रतिनिधिसभा भंग,।

उनले अर्को ट्वीटमा लेखेका छन्, महामारीमा मृत्युुसँग जुधिरहेका जनतालाई निर्मम उपहार मध्यावधि ! इतिहासको भिन्न कोतपर्वपछि प्रधानमन्त्री अधिनायकवादको हाइवेको भ्रममा ! उनले जित जनताकै हुने बताउँदै प्रधानमन्त्रीलाई चेतावनी समेत दिएका छन् ।