चिकित्सक तथा नर्सप्रति दुर्व्यवहार हुनु खेदजनक छ – राष्ट्रपति


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ १४ २०७८
11K
SHARES

१४ जेठ काठमाडौं ।आज  भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमणप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले दुःख व्यक्त गरेकी छन् ।

ट्विटरमार्फत् उनले दुःख परेका बेला भावनात्मक उत्तेजना हुनसक्ने तर्फ संकेत गर्दै विषम परिस्थितिमा संयम र धैर्य अपनाउन भनेकी छन् ।

“आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोभिड–१९ का बिरामीको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति दुर्व्यवहार हुनु खेदजनक छ । दुःख परेका बेला भावनात्मक उत्तेजना हुन सक्छ । यस विषम परिस्थितिमा संयम र धैर्य अपनाउँदै यो महामारीलाई परास्त गर्नु हामी सबैको साझा दायित्व हो,” उनले ट्विट्मार्फत भनेकी छन् ।