स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने पक्राउ , ज्यान मार्ने उद्योगको मुद्दा दर्ता


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ १४ २०७८
18.2K
SHARES

१४ जेठ काठमाडौ । आज भेरी अस्पताल बाँकेका स्वास्थ्यकर्मीमाथि कुटपिटको आरोप लागेका मानबहादुर रावतविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको छ । रावतविरुद्ध जिल्ला अदालत बाँकेमा ज्यान मार्ने उद्योग र अपराधिक उपद्रो गरी दुईवटा मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख ओम रानाले जानकारी दिए ।

कोरोना संक्रमित दाइको मृत्युपछि रावतले बिहीबार साँझ स्वास्थ्यकर्मीलाई कुटपिट गरेको र अस्पताल तोडफोड गरेको आरोप लागेको हो । आरोपीलाई बाँके जिल्ला अदालतले शुक्रबार ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

स्वास्थ्यकर्मीमाथि आक्रमण गरिनु निन्दनीय र घृणित भएको भन्दै सत्तापक्षका नेताहरू साथै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लगायतले दोषीमाथि कारबाहीको माग गरेका छन् ।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले पनि उक्त घटनाको विरोध जनाएकी छिन् । यस घटनाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।

189590705_916616182228566_7281759465770721200_n.jpg