संविधानलाई मास्ने षड्यन्त्र भइरहेको छ, संविधानलाई बचाउन लाग्छु – डा. देवकोटा
१४ जेठ काठमाडौं।आज राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटाले पद तथा गोपनीयताको शपथ लिएका छन्।
शुक्रबार संघीय संसद् सचिवालयमा आयोजित समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित राष्ट्रियसभा सदस्य डा. देवकोटालाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।
बागमती प्रदेशतर्फको राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका उम्मेदवार रामबहादुर थापालाई पराजित गर्दै डा. देवकोटा विजयी भएका थिए। शपथग्रहण पछि संक्षिप्त प्रतिक्रिया दिँदै देवकोटाले संविधानलाई मास्ने षड्यन्त्र भइरहेको भन्दै संविधानलाई बचाउने र सही दिशामा ल्याउन आफ्नो भूमिका हुने बताए।
उनले आफ्नो भूमिका संविधानलाई बचाउन र संविधानलाई सही दिशामा ल्याउनका लागि हुने बताए।