ढाेरपाटनमा स्वास्थ्य सामग्री बोकेर घरघर पुग्य तरुण नेता मगर


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ १८ २०७८
9.2K
SHARES

१८ जेष्ठ काठमाडौ  । नेपाल तरुण दल बाग्लुङका कोषाध्यक्ष देवेन्द्र घर्ती मगरको नेतृत्वमा ढोरपाटन नगरपालिका– ६ का विभिन्न गाउँहरूमा स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

नेपाली कांग्रेसका युवा नेता समेत रहेका मगरले सोमबार गादीखोला, पुरानोगाउँ, कुदुम, भण्डारी गाउँ, मातेगाउँ, लखनढारा, पानीपोखरा र दाङ्चुङ्गका करीव ३०० घरमा स्वास्थ्य सामग्री वितरण गरेका हुन् ।

मास्क, सेनिटाईजर, डिटोल साबुन र औषधिहरू तिवरण गरिएको तरुण दलका कोषाध्यक्ष मगरले बताए ।

वडा नं. ६ कै ४ जना गाडी चालकलाई पीपीइ सेट, पल्स अक्सिमिटर र औषधिहरू पनि वितरण गरिएको छ ।

तरुण नेता मगरको टोलीले ओख्रेनी, सुब्जागाउँ र घैयाखेतमा स्वास्थ्य सामग्रीहरू वितरण गर्नेछ ।

अरुण भण्डारी, हेबिन्द्र खड्का, सुरज अदै मगर, दीपक भण्डारी, मदन भण्डारी, भरत पुन, शिव भण्डारी, प्रेम भण्डारी, रमेश भण्डारी, चन्द्र भण्डारीलगायतका तरुण र कांग्रेस नेताहरूको स्वास्थ्य सामग्री वितरण कार्यक्रममा सहभागिता रहेको थियो ।