रेल र पानी जहाज लकडानपछि चल्छ – मन्त्री नेम्बाङ
१९ जेठ काठमाडौ । आज निषेधाज्ञा (लकडाउन) पछि नेपालमा रेल र पानी जहाज चल्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले बताएका छन् । मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै लकडाउनपछि जनकपुर–जयनगर रेल र पानी जहाज नेपालमा चलाईने उनले बताए ।
उनले भने, ‘जनकपुर–जयनगर रेल सञ्चालनका लागि दश अर्ब बजेट छुट्याइएको छ । उक्त बजेट रेल सञ्चालन र निर्माणका लागि छुट्याइएको छ । ठेक्का पठ्ठाका कामहरु भइसकेका छन् ।’
यसैगरी केरुङ-काठमाडौ रेलमार्गबारे पनि दुई छिमेकी देशबीच सम्झौता गरिएको उनले बताएका छन् । भारत र चीन पक्षसँग रेल सञ्चालनबारे सम्झौता भएको उनले बताए ।
नेपालमा पानी जहाजको कार्यालय स्थापना भइसकेको बताउँदै अब अन्य देशमा मात्र नभएर नेपालमै पानी जहाज हुने मन्त्री नेम्बाङले बताएका छन् । उनका अनुसार पानी जहाज ऐनको ड्राफ्ट पनि पूरा भइसकेको अवस्था छ ।