दरबार हत्याकाण्डबारे डा. भट्टराईले यस्तो भने
१९ जेठ काठमाडौ । आज पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले राजदरबार हत्याकाण्ड भएको २० वर्ष पूरा हुँदा पनि त्यसबारे सत्यतथ्य स्थापित हुन नसक्नु र आरोपप्रत्यारोपको शृङ्खला चलिरहनु गणतन्त्रका लागि शोभनीय नभएको बताएका छन् । वीरेन्द्र शाहको वंशनाश हुने गरी हत्या भएको २० वर्ष पुगेको दिनमा बुधबार साँझ सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले यस्तो बताएका हुन् ।
‘राजा वीरेन्द्रको वंशनाश भएको नारायणहिटी हत्याकाण्डको२० वर्ष भैसक्दा पनि त्यसबारे सत्यतथ्य स्थापित हुन नसक्नु र आरोपप्रत्यारोपको शृंंखला चलिरहनु हाम्रो लोकतान्त्रिक गणतन्त्रनिम्ति शोभनीय हैन,’ डा.भट्टराईले ट्वीटरमा उल्लेख गरेका छन् । उनले राष्ट्रिय सहमतिले उच्चस्तरीय र निष्पक्ष छानवीन आयोग गठन गरी घटनाबारे सदाको निम्ति अन्त्य गर्नुपर्ने बताएका छन् ।