अपराधीलाई सजाय दिने कुरामा सरकारले कुनै सम्झौता गर्दैन – प्रधानमन्त्री ओली


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ २१ २०७८
11.2K
SHARES

२१ जेठ काठमाडौं।आज प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछुतसम्बन्धी जघन्य घटनाका अपराधीलाई कुनै पनि हालतमा नछाड्ने बताएका छन्।

छुवाछुतविरुद्धको राष्ट्रिय दिवसका अवसरमा प्रधानमन्त्री ओलीले त्यस्ता घट्नामा संलग्न जो कोही भएपनि सरकारले कानूनी दायरामा ल्याउने बताएका हुन्।

उनले मानव हितविरूद्धका गतिविधिलाई सरकारले नसहने बताएका छन्। नेपाल सरकारले सामाजिक बहिष्करण, छुवाछुत र यसका आधारमा हुने हिंसामा शून्य सहनशीलताको नीति अवलम्बन गरेको उनको भनाइ छ।

प्रधानमन्त्री ओलीले भनेका छन्, ‘यस्ता अमानवीय हिंसाका घटनाहरूको छानविनमा दोषीलाई कारवाही गर्न राज्य किञ्चित पछि पर्ने छैन।’ छुवाछुत सम्बन्धी जघन्य घटनाका अपराधीहरूलाई सरकारले कानूनी दायरामा ल्याउने पनि प्रधानमन्त्री ओलीको भनाइ छ।

‘त्यस्ता अपराधीलाई कडाभन्दा कडा सजाय दिने कुरामा सरकारले कुनै सम्झौता गर्ने छैन,’ प्रधानमन्त्रीले जारी गरेको विज्ञप्तिमा भनिएको छ। साथै प्रधानमन्त्री ओलीले ‘मानव हितविरूद्धका यस्ता गतिविधिलाई सरकारले किञ्चित सहने छैन’ भनेका छन्।