जसपाले लिदै छन यस मन्त्रालय, कुन नेतालाई कनु मन्त्रालय ?
२१ जेठ काठमाडौ । आज जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष सरकारमा जाने भएको छ । साँझ ६ बजे सपथ राखिएको छ । जसपा स्रोतका अनुसार वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जान लागिएको हो । महतो उपप्रधान तथा शहरी विकास मन्त्री हुनेछन् । प्रधानमन्त्री केपी शर्मा ओली र जसपाका अध्यक्ष महन्थ ठाकुर विच केहीलाई मन्त्रि बनाउने सहमति भैसकेको छ।
ओली र ठाकुरबीच भएको सहमति अनुसार राजेन्द्र महतो उपप्रधानमन्त्रीसहित उद्योगमन्त्री, शरतसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, अनिलकुमार झा शहरी विकास मन्त्री, विमल श्रीवास्तव खानेपानी मन्त्री र उमाशंकर अरगरिया युवा तथा खेलकुद मन्त्री बन्ने टुंगो लागेको छ ।
जसपाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, उद्योग, वाणिज्य, वाणिज्य तथा आपूर्ति मन्त्रालय, शहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालय पाउने भएको छ ।