स्वास्थ्यकर्मी विश्वकर्माद्वारा पन्चदेवल विनाएक नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण
२२ जेठ काठमाडौ । सहिद गंगालाल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी अछाम विनायक पन्चदेवल नगरपालिका कण विश्कर्माले नगरपालिकालाई कोरोना माहामारीका लागि आवश्यक विभिन्न स्वास्थ्य सामाग्री नगरपालिकाका अमेरिका बस्ने विभिन व्यक्तिहरूबाट र सिन्धुपाल्चोक घर भई काठमाडौंमा व्यावसाय गर्ने राजेन्द्र घतानी संगको सहकार्यमा हस्तान्तरण गरेका हुन । जस्मा करिब चारलाख बराबरको कोरोना महामारीका लागि आवश्यक मेडिसिन र तीन थान कन्स्ट्रसर मेसिन,एक सय पचास पिपि सेट,बीस सेट वसिमेट,दुई हजार पिस माक्र्स,दुई हजार पिस गोलोप्स,पचास पिस भाईजर छन।
यस अघिपनि विश्वकर्माले विनायकमा विभिन्न गरिव तथा दिन दुखिहरुलाई खाध्यान्न लगायतका बस्तुहरु समेत दिएका थिए । आफू एक स्वास्थ्यकर्मी भएर पनि फुर्सदको समयलाई सदुपयोग गरि आफ्नो ठाउँमा सहयोगका लागि समय दियको र अवका दिनमा पनि विनायकलाई आफुले सक्ने सहयोग गर्ने विश्वकर्माले बताए ।- जगत बहादुर धामी