हाम्रो कुनै असमझदारी भारतसॅंग छैन – प्रधानमन्त्री ओली


Capital Headline
प्रकाशित मिति : शनिबार, जेष्ठ २२ २०७८
4.2K
SHARES

२२ जेठ काठमाडौं।अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको असमझदारी हटेको बताएका छन्।जनता समाजवादी पार्टी, नेपाल (जसपा)लाई सरकारमा भित्र्याएकै दिन बीबीसी हिन्दीसँगको अन्तरवार्तामा प्रधामन्त्री ओलीले छिमेकी देशहरुमा प्रेम र समस्या हुनु स्वभाविक भएको बताउँदै भारतसँगको असमझदारी हटेको बताएका हुन्।

अन्तरवार्तामा प्रधामन्त्री ओलीले भनेका थिए-‘कहिलेकाहीँ असमझदारीहरु थिए। तर अब ती असझदारी हटेको छ। हामी त्यसैमा अल्झिएर बस्नु हुँदैन।’

भारतसँग नजिक सम्बन्ध राख्ने शक्ति सरकारमा सहभागी भएको दिन दिएको अन्तरवार्तामा भारतसँगका असमझदारी हटेको प्रधामन्त्रीले बोल्नु संयोगमात्र नरहेको विश्लेषण गरिएको छ।