उपप्रधानमन्त्री महतोले दिए यस्तो अभिव्यक्ति , अहिले चौतर्फी विरोध
२२ जेठ काठमाडौ । अहिले नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतो सपथ लिएसँगै विवादमा परेका छन् । देशलाई बहुल राष्ट्रिय राज्यका रुपमा लैजानलाई राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्नु रहेको उनको अभिव्यक्तिसँगै उनी विवादमा तानिएका हुन् ।
उनले भनेका छन्, ‘हाम्रासामु दुईवटा कार्यभार छन् । एजेन्डालाई सम्बोधन गर्ने एउटा कार्यभार छ भने भविष्यको कार्यभार भनेको यो देशलाई बहुल राष्ट्रिय राज्यका रुपमा लैजानलाई राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्नु हो ।’
उनले भनेका छन्, ‘यो देशमा अधिकार र पहिचानको एजेन्डालाई अगाडि बढाउने जनता समाजवादी पार्टीको मुख्य लक्ष्य हो । यस्तै सुशासन र समृद्धिलाई अगाडि बढाउने हो । बहुल राष्ट्रिय राज्यका रुपमा नेपाललाई स्थापित गराउने हो । नेपाल एकल राष्ट्रिय राज्य होइन, बहुल राष्ट्रिय राज्य हो । पार्टीको मूल लक्ष्य यो रहेको छ ।