मन्त्रीबाट हटाएपछि प्रेम आलेले दिए यस्तो अभिव्यक्ति


Capital Headline
प्रकाशित मिति : शनिबार, जेष्ठ २२ २०७८
13.6K
SHARES

२२ जेठ काठमाडौ । पछिल्लो समय मन्त्री बनेदेखि नै विभिन्न कारणले चर्चामा आएका वन तथा वातावरण मन्त्री प्रेम आलेले पनि आफू हट्नेबारे पूर्व जानकारी पाइसकेको बताए ।

उनले भने, ‘अस्ति नै थाहा पाइसकेका थियौ हामी सबैले । तर को रहने को हट्ने भन्ने एकिन थिएन । हामीमध्ये कोही न कोही त हट्छौं भन्ने लागेको थियो ।

त्यसमा म पनि परेँ ।’तपाईंको निकै चर्चा थियो, तर किन प्रधानमन्त्रीले निरन्तरता दिनुभएन होला भन्ने प्रश्नमा आलेले भने, ‘अहिले राम्रो काम भन्दा पनि अर्को पार्टीलाई सरकारमा सहभागी भएपछि मिलाउनका लागि यसो गरिएको हो ।

फेरि सबै मन्त्रालको जिम्मेवारी पनि दिइसकिएको छैन । अझै प्रधानमन्त्रीले चाहेमा फर्किन पनि सकिन्छ ।