उपप्रधानमन्त्री महतोले दिएको अभिव्यक्तिलाई नेता गौतम दिए यस्तो प्रतिक्रिया


Capital Headline
प्रकाशित मिति : शनिबार, जेष्ठ २२ २०७८
5.5K
SHARES

२२ जेठ काठमाडौं। आज  एमालेका उपाध्यक्ष वामदेव गौतमले उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिबाट अत्यन्तै दुःखी बनेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस लेख्दै गौतमले महतोले अहिले पनि संचालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन नसक्ने टिप्पणी समेत गरेका छन्।

उपप्रधानमन्त्रीको पदभार ग्रहण गरे लगत्तै महतोले संविधानको मर्म विपरीत अभिव्यक्ति दिएकोमा दुःखी बनेको गौतमले बताए।

गौतमले फेसबुकमा लेखेका छन्, ‛संविधानको मर्म विपरीत कार्य गर्ने छैन भनी शपथ लिएको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफूले सञ्चालन गरिरहेको अन्तर्वार्ता सुन्दा म अत्यन्तै दुःखी भएको छु।’

उनले संविधानले अनेकौं विशेषता सहितको नेपाल राष्ट्र र राज्य स्पष्ट भनेको उनले उल्लेख गरेका छन्। महतोको आन्दोलनप्रति प्रधानमन्त्री केपी ओलीको अनभिज्ञता देखेर आश्चर्यमा परेको पनि गौतमले बताएका छन्।

Capture