उपप्रधानमन्त्री महतो ‘नेपाली नागरिक’ नभएको भन्दै उजुरी
२६ जेठ काठमाण्डौ । नेपाल सरकारका उपप्रधानमन्त्री एवंम सहरी विकास मन्त्री राजेन्द्र महतोको नागरिकता छानविन गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र गृह मन्त्रालयमा उजुरी परेको छ।
राजेन्द्र महतोले लिएको नागरिकतामा झुटो विवरण पेश गरेको भन्दै आवश्यक कारबाहीको लागि गृह मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा ‘नयाँ पार्टी नेपाल’ले उजुरी हालेको हो ।
हिंजो मंगलबार नै दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सि–०३४५४१ नम्बरमा दर्ता रहेको छ भने आज बुधबार गृह मन्त्रालयमा ५८८२ मा दर्ता गरिएको छ। दुुबै उजुरी बारे अनुसन्धान गरि आवश्यक कारबाही गर्न नयाँ पार्टी नेपालले माग गरेको छ ।