आज खण्डग्रास सूर्य ग्रहण लाग्दै , कहाँ-कहाँबाट देख्न सकिन्छ ?


Capital Headline
प्रकाशित मिति : बिहिबार, जेष्ठ २७ २०७८
5.8K
SHARES

२७ जेठ काठमाडौं । आज खण्डग्रास सूर्य ग्रहण लाग्दैछ । आजको सूर्य ग्रहण अमेरिका, बेलायत, युरोप, मगोलिया, चीनलगायतका क्षेत्रबाट मात्र देख्न सकिन्छ ।

नेपाली आकाशमा देख्न सकिंदैन । त्यसैले आज पर्न गएको खण्डग्रास सूर्य ग्रहणको सुतक नलाग्ने र बार्न नपर्ने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

यो सूर्य ग्रहण यस वर्षको पहिलो हो । नेपाली समय अनुसार आज दिउँसो १ बजेर ५७ मिनेटदेखि साँझ ६ बजेर ५६ मिनेटसम्म सूर्यग्रहण लाग्नेछ ।

आजकाे सूर्यग्रहण नेपालबाट देख्न नसकिने पञ्चांग निर्णायक समितिका सचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिए ।