नैतिकताको आधारमा मन्त्री दिपक मनाङेले दिए राजीनामा


Capital Headline
प्रकाशित मिति : बिहिबार, जेष्ठ २७ २०७८
11.6K
SHARES

२७ जेठ पोखरा । आज गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले पदबाट राजीनामा दिएका छन् ।

बिहीबार संसदमा अनुपस्थित भएका मनाङेले पदबाट राजीनामा दिएका हुन् । उनले नैतिकताको आधारमा राजिनामा दिएको उल्लेख गरेका छन्।

मुख्यमन्त्रीले संसदमा विस्वास गुमाएको अवस्थामा नैतिकताको आधारमा राजिनामा दिएको बताएका छन्।