सभामुखद्धारा आह्वान गरिएको सर्वदलीय बैठक बस्दै, प्रधानमन्त्री नजाने


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ २८ २०७८
4.8K
SHARES

२८ जेठ काठमाडौं । आज सभामुख अग्निप्रसाद सापकोटाले  प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूको बैठक आह्वान गरेका छन् । प्रतिनिधि सभा विघटनपछि चरणवद्ध छलफलमा जुटेका सभामुख सापकोटाले आज सर्वदलिय बैठक आह्वान गरेका हुन्। दिउँसो २ बजे संसद भवनमा रहेको ल्होत्से हलमा बोलाइएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बोलाइएको सभामुखको सचिवालयले जनाएको छ ।

८ जेठमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी कार्तिक २६ र मंसिर ३ गतेको लागि चुनावको मिति तय गरेपछि सापकोटाले आगामी कदमको बारेमा परामर्श लिन यस अघि पूर्व सभामुखहरु, कानुन व्यवसायी एवं राजनीतिक दलका नेताहरुसँग छुट्टाछुट्टै भेट गरेका थिए ।

सभामुखले प्रधानमन्त्रीलाई पनि सहभागिताका लागि आग्रह गरेका छन् तर उनी सहभागी नहुने निश्चित भइसकेको छ ।प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सभामुखले प्रधानमन्त्रीलाई पत्र लेखेर बोलाउने नभई छलफल गर्नुपर्ने स्पष्ट पारिसकेका छन् ।

प्रधानमन्त्रीलाई बोलाउने यो शैली र तरिका सहि नभएको बताउँदै उनले सभामुखको वैठकमा प्रधानमन्त्री नजाने यसअघि नै बताइसकेका छन् ।