शिक्षा र स्वास्थ्यलाई राष्ट्रियकरण गरौं – डा.भट्टराई


Capital Headline
प्रकाशित मिति : शनिबार, जेष्ठ २९ २०७८
15.4K
SHARES

२९ जेठ काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले स्वास्थ्य र शिक्षालाई राष्ट्रियकरण गर्न माग गरेका छन्।

स्वास्थ्य र शिक्षालाई पुरै राष्ट्रियकरण गर्न कुनै किन्तुपरन्तु गर्न नहुनले डा. भट्टराईले बताएका छन्।

उनले स्वास्थ्य र शिक्षा प्रत्येक मान्छेको जीवन, चेतनाको रक्षा र विकासको क्षेत्र भएकाले त्यसको जिम्मेवारी लिने अनिवार्य दायित्व राज्यको भएको उल्लेख गरेका छन्।

स्वास्थ्य र शिक्षा क्षेत्रमा मुनाफा खोज्नु मानवता विरोधी दण्डनीय अपराध भएको भट्टराईले भनेका छन्।

‘स्वास्थ्य र शिक्षा प्रत्येक मान्छेको जीवन/चेतनाको रक्षा/विकासको क्षेत्र भएकाले त्यो समाज/राज्यको अनिवार्य दायित्व हो। त्यसमा मुनाफा गर्नु मानवता विरोधी दण्डनीय अपराध हो।

यसमा अब कुनै किन्तुपरन्तु नगरौं। निजी क्षेत्रलाई अन्त चाहे जति कमाउन दिऊँ, स्वास्थ्य/शिक्षा पुरै राष्ट्रियकरण गरौं!,’ सामाजिक सञ्जालमा उनले लेखेका छन्।