आलोचनामा हिंसाको कुनै स्थान हुदैन – नेता थापा
२९ जेठ काठमाडौ । अहिले नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री गगन थापाले कांग्रेसमा संघर्षमा मात्र नभएर आलोचनामा पनि हिंसालाई कुनै स्थान नहुने बताएका छन्। थापाले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन्।
शुक्रबार नेपाली कांग्रेसका तर्फबाट बागमती प्रदेशसभा सदस्य रहेका नरोत्तम वैद्यले प्रदेशसभा बैठकमै प्रधानमन्त्री केपी शर्मा अोलीलाई मार्न पर्ने र त्यसको लागि आफू तयार रहेको आशयको मन्तव्य दिएका थिए।
सोही विषयमा थापाले कांग्रेसमा हिंसालाई कुनै स्थान नभएको बताएका हुन्। थापाले वैद्यले प्रदेशसभामा दिएको अभिव्यक्ति कसैलाई पनि स्वीकार्य नभएको भन्दै वैद्यले आफ्नो भनाइ फिर्ता लिने विश्वास व्यक्त गरे।
थापाले लेखेका छन्, ‘नरोत्तम वैद्यको प्रदेश सभाको अभिव्यक्ति हामी कसैलाई पनि स्वीकार्य छैन। मलाई विश्वास छ, दलको नेताको निर्देशन अनुसार आत्मालोचना गर्दै आफ्नो अभिव्यक्ति अविलम्ब फिर्ता लिनुहुनेछ।’