मान्छे जन्मजात अपराधी हुँदैन – डा. भट्टराई


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ ३० २०७८
9.4K
SHARES

३० जेठ काठमाडौं। अहिले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गण्डकी प्रदेशमा मन्त्री नियुक्त भएका दिपक मनाङेलाई वाल्मिकीसँग तुलना गरेका छन्। शनिबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै डाकु रत्नाकर बाल्मिकी बनेजस्तै मनाङे पनि परिवर्तन हुन सक्ने बताएका हुन्।

उनी लेख्छन्, ‘रत्नाकर बाल्मिकी बनेको हामी सबैले सुनेकै छौं। त्यसैले राजीव गुरुङहरूले नयाँ जीवन र नयाँ भूमिका चाहन्छन् भने किन बन्चित गर्ने ? किन पूर्वाग्रह राख्ने ? उनले कोही पनि मान्छे जन्मजात अपराधी नहुने तर्क गर्दै मनाङेको बचाउ गरेका हुन्।

भट्टराईले लेखेका छन्, ‘मेरो सुविचारित र अनुभवजन्य मान्यता छ– कुनै पनि मान्छे जन्मजात अपराधी हुन्न। समाज/राज्यले मान्छेलाई अपराधी बनाउँछ। साथै वर्गीय/जातिय/लैंगिक विभेद भएको समाजमा राज्यरसमाजको वर्चश्वशाली तप्काले उत्पीडित/बहिष्कृत तप्कालाई सहजै ‘अपराधी’ बनाइदिन सक्छ। अतः अपराध/अपराधी एक सापेक्ष अबधारणा हो।’

मनाङे चर्चामा आएसँगै डा. भट्टराईलाई उनले भेटेको तस्बिर पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। यसबारे पनि भट्टराईले प्रष्टीकरण दिएका छन्। मनाङे गण्डकी प्रदेशको मन्त्री बन्ने क्रममा आफूसँग भेटेको उनले उल्लेख गरेका छन्।