एमाले स्थायी कमिटी बस्दै : नेपाल समूहलाई पनि निमन्त्रणा दिइने , यो समूह के गर्ला ?
३० जेठ काठमाडौ । नेकपा (एमाले)ले स्थायी कमिटी बैठक बोलाएको छ । एमालेले असार २ का लागि बैठक बोलाएको हो ।
बैठक २ गते बस्ने भन्ने विषयमा समझदारी भए पनि सदस्यहरूलाई खबर गर्न बाँकी रहेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । उहाँले २ गते बैठक बस्ने कुरा टुंगिए पनि त्यसअघिको तयारीको विषय भने केही बाँकी रहेको जानकारी दिनुभयो ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र आगामी रणनीतिबारे छलफल हुनेछ । प्रवक्ता ज्ञवालीले बैठकमा स्थायी कमिटीका सबै सदस्य (माधव नेपाल समूह)लाइ निमन्त्रणा दिइने छ ।
यो बैठक एकताको महत्वपूर्ण बैठक हुनेछ । सर्वोच्च अदालतले जेठ २७ मा एमालेको दसौं महाधिवेशन आयोजक कमिटीका निर्णयलाई वैधता दिन अस्वीकार गर्दै कर्णाली प्रदेशका चार सांसदको पुनर्बहाली गरेपछि एमालेको संस्थापन पक्ष दबाबमा परेको छ ।