यस्तो निष्कर्ष निकाल्दै कोटेश्वर बैठक सम्पन्न
३१ जेठ काठमाडौं ।अहिले एमाले विवाद मिलाउन नेताहरूबीच दौडधुप चलिरहँदा माधवकुमार नेपाल निवास कोटेश्वरमा विपक्षी गठबन्धनका नेताहरूबीच छलफल भएको छ ।
आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका असन्तुष्ट खेमाको नेतृत्व गरिरहेका माधवकुमार नेपालबीच झण्डै डेढ घण्टा वार्तालाप भएको एक स्रोतले जानकारी दिएको छ ।
लोकतान्त्रिक गठबन्धनलाई बलियो बनाउने र चलाउ सरकारले यसबीचमा गरेका असंवैधानिक, स्वेच्छाचारी निर्णय (मन्त्रिपरिषद् पुनःगठनलगायत) नियुक्तिको प्रतिवाद गर्ने नै छलफल भयो ।
खोप लगाएका नागरिकहरूले दोस्रो खोप कहिले पाउँछन् ? यसको उत्तर सरकारसँग छैन । सरकारको प्राथमिकता अर्कै छ, स्रोतले भन्यो, यसबारे पनि छलफल भयो ।
कोभिड न्यूनीकरणका लागि सरकारको प्रयास फितलो भएकोबारे पनि चर्चा भएको थियो यसबाहेक अरू समसामयिक विषयमा पनि शीर्ष नेताहरूले छलफल गरेको स्रोतको भनाइ छ ।