आज थापा र श्रेष्ठबीच जुहारी, कसले के भने ?


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार १ २०७८
6.5K
SHARES

१ असार काठमाडौ ।आज नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले संवैधानिक आयोगहरू सरकारको कठपुतली बनेको बताएका छन् ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) का दुवै अध्यक्षमध्ये एकले अर्कालाई कारबाही गरेर निर्वाचन आयोगसमक्ष निवेदन दर्ता गरे पनि आयोगले सरकारको दवावमा परेर जसपाका दुवैपक्षका नेतालाई कारबाही गरेको सूचना नदिएपछि श्रेष्ठले यस्तो टिप्पणी गरेका हुन् ।

१८ जेठमा जसपा अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई कारबाही गर्दै पार्टीबाट निष्काशित गरेलगत्तै ठाकुरले पनि यादवलाई कारबाही गर्दै पार्टीबाट निष्काशित गर्दै आयोगमा निवेदन दर्ता गराएका थिए । तर,आयोगले दुवै पक्षका नेताले दाबी गरेको कारबाहीको प्रमाण बलियो नभएको घोषणा गरेपछि जसपा औपचारिक रूपमा एकढिक्का रहँदै आएको छ ।

श्रेष्ठले नेकपा फुटेपछि आफूहरूलाई सूर्य चिह्न दिने बेलामा आयोगले यस्तै हठ गरेको आरोप लगाएका छन् ।  सरकारको विपक्षमा रहेको माओवादी केन्द्रका नेता श्रेष्ठ पनि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्प खोजीरहेका छन्, यसैले श्रेष्ठले पनि यादवपक्षले चाहेजस्तै ठाकुर पक्षको कारबाहीको अपेक्षा राख्दै ट्वीटरमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

सत्तारुढ एमालेका केन्द्रीय सदस्यसमेत रहेका थापाले संवैधानिक आयोग सरकारको कठपुतली बनेको हो भने स्वतन्त्र रुपमा काम गर्न के गर्नुपर्छ भन्दै श्रेष्ठसँग सुझाव मागेका छन् ।