निर्वाचन आयोगको निर्णय मान्य हुँदैन – अध्यक्ष यादव
१ असार काठमाडौं ।आज जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीका सम्बन्धमा निर्वाचन आयोगले गरेको पछिल्लो निर्णय मान्य नहुने बताएका छन् । निर्वाचन आयोगको तटस्थता र निष्पक्षतामाथि नै शंका उत्पन्न भएको उनको भनाइ छ ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले आयोगको उक्त कदमविरुद्ध राजनीतिक र कानुनी उपचारका लागि लडाइँ जारी रहने चेतावनी पनि दिएका छन् ।आयोगले मागेबमोजिम सम्पूर्ण कागजात एवम् प्रमाणहरुसमेत बुझाई पार्टीको दल दर्ता किताबमा अध्यावधिक गर्नका लागि पठाएकोमा त्यसलाई अस्वीकार गरिएको भन्दै उनले आपत्ति जनाएका हुन् ।