यस कारण एमाले स्थायी कमिटी बैठक स्थगित


Capital Headline
प्रकाशित मिति : बुधबार, असार २ २०७८
10.3K
SHARES

२ असार काठमाडौ । एमालेको आज बस्ने तए भएको स्थायी कमिटी बैठक स्थगित भएको छ । माधव कुमार नेपाल–झलनाथ खनाल समूहसहितको स्थायी कमिटी बैठक बस्ने भनिए पनि आन्तरिक तयारी नपुगेको कारणले स्थगित भएको छ । नेपाल पक्षलाई बैठकका लागि संस्थापन पक्षले बोलाइएको बताएपछि उनीहरुले खबर नपाएको बताएका छन् ।

आजको बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाल–झलनाथ खनाललाई समेत बैठकमा समावेश गर्ने तयारी गरेका थिए । त्यसका लागि ओलीले यसअघि आह्वान गरेको ६ बुँदे प्रस्ताव राखेका थिए ।

६ बुँदे प्रस्तावमार्फत् ओलीले गरेको आह्वानलाई पनि नेपाल समूहले ६ बुँदे शर्तसहित अस्वीकार गरेको थियो ।