न्याय माग्न नेता रायमाझी र शाह निर्वाचन आयोगमा


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार ४ २०७८
9.3K
SHARES

४ असार काठमाडौं । आजलनेकपा (एमाले)का नेताद्वय प्रभु साह र टोप बहादुर रायमाझी पुनःवहालीको परामर्शका लागि निर्वाचन आयोग गएका छन् ।

संसद् पुनःस्थापना भएको अवस्थामा पुनः सांसद पदमा पुनःवहाली हुने कानुनी आधारहरु खोज्न दुई नेता आयोग गएका हुन् । उनीहरुले आयोगका आयुक्त तथा कानुन अधिकृतसँग परामर्श लिएका छन् ।

तत्कालिन नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित भएका साह र रायमाझीले सर्वोच्च अदालतले नेकपा विघटन गर्दै माओवादी र एमाले ब्यँतिएपछि एमाले रोजेका थिए ।  एमाले प्रवेश गरेलगत्तै माओवादी केन्द्रले दुवैको सांसद् पद खारेज गरेको थियो । साह र रायमाझीले पनि कानुनी प्रमाण र नजिर जुटाउने प्रयास गरेका हुन् ।