आज थप २,४४२ जनामा कोरोना संक्रमण, ५१ जनाको मृत्यु
Capital Headline
प्रकाशित मिति :
आइतबार, असार ६ २०७८
2.6K
SHARES
६ असार काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४४२ जना कोभिड संक्रमित थपिएका छन् । १० हजार ९५६ जनाको पीसीआर र एन्टीजेन विधिबाट स्वाब परीक्षण गर्दा २ हजार ४४२ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै देशभर सक्रिय संक्रमितको संख्या ५५ हजार पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर ५१ जना संक्रमितको मृत्यु भएको छ । योसँगै कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या नेपालमा ८ हजार ७२७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट