ओलीसॅंग मिल्ने कुनै सम्भावना छैन – नेता नेपाल
७ असार काठमाडौ ।अहिले एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले आफूहरुको केपी ओलीसँग मिल्ने संभावना नरहेको दाबी गरेका छन् । आईतबार साँझ विपक्षी गठबन्धनको बैठकमा नेपालले ओलीसँग मिल्ने संभावना नरहेको दाबी गरेका हुन् ।
पछिल्लो समय दोस्रो तहका नेताहरुको बार्ता चलिरहेका बेला नेपालले विपक्षी दलका नेताहरुलाई यो जानकारी गराएका हुन् ।
सर्वोच्च अदालतमा भएको हस्ताक्षर फिर्ता माधव पक्षले गर्छ कि भन्ने चर्चा चलेका बेला नेपालले यस्तो बताएका हुन् ।
नेपालले प्रतिनिधि सभा पुनस्थापना पहिलो मुद्धा भएको भन्दै आफू गठबन्धनबाट नबाहिरिने र गठबन्धन बलियो बनाउनु पर्ने धारणा राखेको बुझिएको छ ।