सर्वोच्चको आदेशको स्वागत योग्य छ – अध्यक्ष यादव


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार ८ २०७८
9.7K
SHARES

८ असार काठमाडौँ । आज जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतको अन्तरिम आदेशको स्वागत गरेका छन् ।

अध्यक्ष यादवले मन्त्रिपरिषद् विस्तारको निर्णय खारेज गर्ने सर्वोच्चको आदेशलगत्तै क्यापिटल हेडलाईनसॅंगको कुराकानीमा सर्वोच्चले सही निर्णय गरिदिएको बताउनुभयो ।

यो देशमा सबैभन्दा बढी संविधान उल्लंघन गर्ने प्रधानमन्त्री हो, यादवले भने, अब संवैधानिक निकाएका असंवैधानिक नियुक्ति पनि खारेज हुनुपर्छ ।