सर्वोच्चको आदेशपछि नेता भट्टराईले भने – बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंड


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार ८ २०७८
13.4K
SHARES

८ असार काठमाडौ । आज सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ ।यसै सन्दर्भलाई लिएर एमालेका सचिव योगेश भट्टराईले सामाजिक संजालमा यस्तो लेखेका छन ।

उनले लेखे – अदालतका पछिल्ला फैसलाले नेकपा एमालेको एकताको अपरिहार्यतालाई नै जोड गरे जस्तो लाग्छ मलाई त । एकताको पक्षमा उत्प्रेरणा नै मान्नु पर्छ । बुझ्नु पर्नेहरुलाई यो एउटा पाठ हो । भन्छन नि बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंड ।