सर्वोच्चले के गर्न खोजेको हो, बुझ्न सकिएन – प्रधानमन्त्री ओली
९ असार काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले के गर्न खोजेको भन्ने आफूले बुझ्न नसकेको बताएका छन् । जेठ २१ र २७ गते शपथ लिएका उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीहरूको नियुक्ति संविधानअनुकूल नभएको भन्दै सर्वोच्च अदालतले बदर गरिदिएपछि प्रधानमन्त्री ओलीको यस्तो प्रतिक्रिया आएको हो ।
प्रधानमन्त्री ओलीले अदालतले संविधानमा नभएको कुरा गरिरहेको प्रतिक्रिया दिएको निवर्तमान युवा तथा खेलकुदमन्त्री एकवाल मियाँले बताए ।
‘प्रधानमन्त्रीजीले अदालतले के गर्न खोजेको हो बुझ्न सकिएन भन्नुभयो । संविधानमा नभएको कुरा गर्दैछ, नागरिकता अध्यादेशबारे पनि यस्तै गरिदियो, अहिले पनि यस्तो आदेश आएको छ,’ प्रधानमन्त्रीको भनाइ उल्लेख गर्दै मियाँले अगाडि भने, ‘जे गरेको छ त्यो त मान्नुपर्छ ।’