यस्तो एजेण्डा सहित प्रधानमन्त्री ओली स्थायी कमिटी सदस्यहरुसँग छलफलमा


Capital Headline
प्रकाशित मिति : बुधबार, असार ९ २०७८
18.4K
SHARES

९ असार काठमाडौं । आज नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट स्थायी कमिटी सदस्यहरुसँग छलफल गरिरहेका छन् ।

सर्वोच्च अदालतको पछिल्लो अन्तरिम आदेशपछिको अवस्था सम्बन्धमा बालुवाटारमा छलफल भइरहेको बताइएको छ ।

बैठक नभएर नेताहरुलाई छलफलको लागि बोलाइएको तर आफू भने स्वास्थ्य समस्याका कारण छलफलमा उपस्थित नभएको स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले बताए ।

सर्वोच्चले मंगलबार मन्त्रिपरिषद् विस्तारलाई बदर गरेको थियो । यससँगै प्रधानमन्त्री ओली नेतृत्वको मन्त्रिपरिषद् पाँच सदस्यीय भएको छ ।