गल्ती स्वीकारे ओलीलाई स्वागत गर्छौं – नेता नेपाल
१० असार काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती सच्याउनुपर्ने बताएका छन्। ओलीले गल्ती स्वीकारमा आफूहरू स्वागत गर्न तयार भएको नेता नेपालको भनाई छ।
विपक्षी गठबन्धनले बिहीबार सम्पादकहरूसँग गरेको अन्तरक्रियामा उनले भने, ‘मान्छे हुन् कहिलेकाहीँ गल्ती हुन्छ। गल्ती स्वीकारेर आउनुहुन्छ भने केपी ओलीलाई स्वागत छ।’ नेपालले ओली दक्षिणपन्थी बाटोमा हिँडेको आरोप लगाए। उनले संसद् विघटन गरेर ओलीले मुलुकलाई अनिश्चितताको बाटोमा लगेको आरोप लगाए।
नेपालले केपी ओलीले गरेको संवैधानिक कदमलाई सच्याउन गठबन्धनलाई समर्थन जनाएको बताए। उनले ओलीले गरेको कारबाहीको अर्थ नभएको समेत बताए।
ओलीले नेपाल सहित उनका समूहका झलनाथ खनाल, भीम रावल लगायतका नेताहरूलाई पार्टीबाट निष्कासन गरेका छन्। ‘म माधव नेपाल पूर्वप्रधानमन्त्री हुँ। एमालेको वरिष्ठ नेता हुँ। केपी ओलीले गरेको कारबाहीको अर्थ छैन,’ उनले भने।